वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
कम्बोडियामा गैरकानुनी काममा लगाइएका ७ जना नेपालीलाई उद्दार गरी नेपाल पठाइयो
Prabhu Bank AD

काठमाडौं । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिषा बसिरहेका ७ जना नेपालीहरु राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्दार गरी गैर आवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा चैत्र २३ गते नेपालको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । बैंककस्थित नेपाली दूताबासले दिएको जानकारी अनुसार यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भईरहेको छ।

कम्बोडियामा नेपाली नागरिकहरु अनलाईन ठगी लगायत गैर कानुनी काममा लगाइएको र बिना भिषा वा भिषा अवधी भन्दा बढि समय बसिरहेको जानकारी पनि राजदुतावासलाई प्राप्त भएको बताइएको छ। कम्बोडियामा गैरकानुनी रुपमा बसिरहेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु शिवराज पराजुल, लालसिहं खडका, रामजी कुमार छेत्रीसँग यथासिघ्र सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

स्क्यामिङ्ग केन्द्रहरूमा काम लगाईएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ्ग केन्द्रहरूबाट ट्रान्सफर हुदा राहदानी हराएको भनि धेरै जनाको गुनासो आएको छ। त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्दार गर्न बिना शुल्क एक तर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ।

कम्बोडियाको प्रयटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७ट जना नेपालीहरु कम्बोडिया गएको देखिन्छ। नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर