दोस्रो विश्वयुद्ध पछिको खरानीबाट जन्मिएको नियममा आधारित विश्व व्यवस्था आज इतिहासकै सबैभन्दा ठुलो परीक्षामा उभिएको छ। दशकौसम्म लोकतन्त्र, मानव अधिकार र अन्तराष्ट्रिय कानुनको नैतिक ठेकेदार बनेर उभिएको संयुक्त राज्य अमेरिका स्वयं ती मूल्यहरुलाई विस्थापित गर्दै शक्ति नै सत्य हो भन्ने खतरनाक सिद्धान्ततर्फ उन्मुख हुदैछ। ट्रम्प कुनै साधारण नेता होइनन् उनी विश्व व्यवस्थालाई दिलमा झार्ने कुटनीतिलाई व्यापार सौदामा सिमित गर्ने र कानुनलाई शक्तिको अधिनमा राख्ने राजनीतिक संस्कृतिको प्रतिनिधि पात्र हुन्। लोकतन्त्रको आवरणमा चुनाव जितेर संस्थाहरुलाई खोक्रो बनाउने बहुमतको नाममा असहमतिको आवाज कुल्चने र अन्तराष्ट्रिय नियमहरुलाई कमजोरी ठान्ने यो प्रवृति केवल अमेरिकाको आन्तरिक समस्या मात्र होइन यो सम्पूर्ण विश्वका लागि चेतावनी हो। इतिहासले बारम्बार देखाएको छ तानाशाही सधै ट्यांक र बन्दुक सहित आउदैन। कहिलेकाही यो मतपेटिका लोकप्रिय नारा र राष्ट्रवादी भावनाको काच चढेर सत्ताको शिखरमा पुग्छ र अन्तत सम्पूर्ण विश्वलाई नै विधवंश तर्फ धकेल्छ।
वर्तमान विश्व एउटा यस्तो जटिल र अनपेक्षित मोडमा आइपुगेको छ जहाँ दोस्रो विश्वयुद्ध पछि स्थापित नियममा आधारित विश्व व्यवस्था तासको महल झै ढल्न पुगेका छन्। हिजोसम्म लोकतन्त्र मानव अधिकार र अन्तराष्ट्रिय कानुनको वकालत गर्ने संयुक्त राज्य अमेरिका आज आफ्नै मूल्य र मान्यताहरुलाई चुनौती दिदै शक्ति र स्वार्थको नया परिभाषा लेख्न व्यस्त राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली र उनका पछिल्ला निर्णयहरुले उनलाई एक ग्लोबल डिटेक्टर वा विश्व तानाशाहको रुपमा चित्रण गर्न थालिएको छ। अब यहाँ प्रश्न उठ्छ अमेरिका जस्तो लोकतान्त्रिक देशमा आखिर कसरी तानाशाहीको उदय हुन सक्छ ?

लोकतन्त्रको आवरणमा तानाशाहीको उदय आधुनिक युगमा तानाशाहीको स्वरुप बदलिएको छ। अब यो सैनिक कु वा हतियारको बलमा मात्र आउँदैन बरु लोकतन्त्रको जलप लगाएर वैधता प्राप्त गर्ने नयाँ शैलीमा प्रकट हुन थालेको छ। डोनाल्ड ट्रम्पको शासन पद्धतिलाई सूक्ष्म रुपमा विश्लेषण गर्दा यसै प्रवृतिको झल्को पाइन्छ। लोकतन्त्रमा निर्वाचन एक अपरिहार्य प्रक्रिया हो तर तानाशाही मानसिकता भएका शासकहरुका लागि यो केवल सत्तामा पुग्ने भर्याङ मात्र बन्ने गर्दछ। ट्रम्पले अमेरिकी लोकतन्त्रलाई एउटा निर्वाचन मेसिनरीमा खुम्चाईदिएका छन्। जहाँ एक पटक बहुमत प्राप्त गरेपछै संस्था संस्थागत नियन्त्रण र सन्तुलनलाई पूर्णत व्यवस्था गरिन्छ ट्रम्पले संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय अदालत र अन्य बहुपक्षीय सन्धिहरुलाई वास्ता नगरी केवल आफ्नो व्यक्तिगत र राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्नु यसैको सुरुवात हो।
इतिहासलाई पल्टाएर हेर्ने हो भने जर्मनीमा एडल्फ हेटलर र इटालीमा बेनिटो मुसोलिनी पनि लोकतान्त्रिक वा अर्धकतान्त्रिक प्रक्रियाबाटै सत्ताको शिखरमा पुगेका थिए। उनीहरुले पनि सुरुमा जनताको को भावनालाई उत्तेजित बनाउने कर्मचारी तन्त्रमा आफ्ना मानिसहरु भर्ती गर्ने र न्यायपालिका जस्ता स्वतन्त्र अङहरुलाई कमजोर बनाउने काम गरेका थिए। ट्रम्पको कार्यशैलीमा पनि नागरिक प्रशासन र कर्मचारी तन्त्रमा आफ्नो पकड जमाउने र संविधानको दायरा भन्दा बाहिर गएर काम गर्ने मोह स्पष्ट देखिन्छ। उनले लोकतन्त्रको नाममा मेजोरिटेरिनिजम अर्थात बहुमतवादको अभ्यास गरिरहेका छन्। जहाँ अल्पमतको आवाज र फरक मत राख्नेहरुलाई देशद्रोही वा प्रगतिको बाधकको रुपमा चित्रण गरिन्छ। ट्रम्पले सिर्जना गरेको यो नया प्रकारको तानाशाहीमा संचार माध्यम र सूचनाको प्रवाहलाई पनि एउटा हतियारको रुपमा प्रयोग गरिएको छ। आफु अनुकुलका मिडियालाई बढावा दिने र आलोचना गर्नेलाई फेक न्युजको संज्ञा दिएर पाखा लगाउने रणनीतिले लोकतन्त्रको चौथो अङ्गलाई नै कमजोर बनाएको छ। जब कुनै शासकले आफुलाई कानुन भन्दा माथि राख्छ र अन्तराष्ट्रिय नियमहरुलाई कमजोरी ठान्दछ तब अब त्यहाँ लोकतन्त्रको खोल भित्र तानाशाही मौलाउन थाल्छ ट्रम्पले भेनेजुएला वा ग्रिनल्याणडका सन्दर्भमा दिएका अभिव्यक्तिहरु र चालेका कदमहरुले के पुष्टि गर्छन् भने उनको नजरमा शक्ति नै सत्य हो यो प्रवृतिले विश्वभरका अन्य महत्वाकांक्षी नेताहरुलाई पनि लोकतन्त्रको आवरणमा स्वेच्छाचारी बन्ने प्रेरणा दिइरहेको छ जुन वैश्विक स्थिरता र मानव अधिकारका लागि गम्भीर खतरा हो। त्यसैले लोकतन्त्रको आवरणमा हुने यस्तो उदयले बिस्तारै लोकतन्त्रका संस्थाहरुलाई खोक्रो बनाउछ र अन्त्यमा एउटा यस्तो व्यवस्था खडा गर्छ जहाँ निर्वाचन त हुन्छ तर जनताको वास्तविक स्वतन्त्रता र अधिकार सेर्फ नाममा सिमित रहन्छ ऐतिहासिक तानाशाहहरु सँको तुलना इतिहासका काला अध्यायहरुलाई फर्केर हेर्दा के स्पष्ट हुन्छ भने तानाशाहहरु कहिले पनि आकस्मिक रुपमा सुन्यबाट प्रकट हुदैनन् बरु तिनीहरु समाजमा व्याप्त आर्थिक निराशा राजनीतिक अस्थिरता र हराएको गौरवको भावनालाई हतियार बनाएर उदाउछन्। डोनाल्ड ट्रम्पको उदय र उनको कार्यशैलीलाई २०औ शताब्दीका कुख्यात तानाशाहहरु बेनिटो मुसोलिनी र एडोल्फ हिटलरसँग तुलना गर्दा डरलाग्दा समानताहरु फेला पर्छन्। मुसोलिनीले इटालीलाई रोमन साम्राज्यको पुनर्जन्म गराउने सपना देखाए जस्तै र हिटलरले जर्मन जातिलाई विश्वको श्रेष्ठ जातिको रुपमा स्थापित गर्ने बाचा गरे जस्तै ट्रम्पले मिग अमेरिका ग्रेट अगेनको नारा दिएर अमेरिकी जनता ता को एउटा ठुलो हिस्सामा राष्ट्रिय गौरवको तिव्र भोग जगाइदिएका छन्।
यी सबै नेताहरुको एउटा साझा विशेषता के हो भने उनीहरुले जटिल वैश्विक समस्याहरुलाई अत्यन्तै सरल हामी विरुद्ध उनीहरुको भाष्यमा ढाल्ने गर्छन्। तानाशाहहरुले सधै समाजमा एउटा साझा शत्रु खडा गर्छन् ताकि जनताको आक्रोशलाई एकाग्र बनाउन सकियोस्। हिटलरले यहुदीहरुलाई जर्मनीको आर्थिक संकटको कारक बताए जस्तै ट्रम्प आफ्ना समर्थक हरुलाई यो विश्वास दिलाउन चाहन्छन् कि अमेरिका गरिब भएको होइन बरु विदेशीहरुले अमेरिकी पैसा र अवसर लुटिरहेका छन् जब नागरिकले चीन भारत र युरोप जस्ता देशहरुलाई आफ्नो समृद्धि लुट्ने चोरको रुपमा देख्न थाल्छन् तब उनीहरु ट्रम्पले चाल्ने जुनसुकै कठोर वा असंवैधानिक कदमलाई पनि आफ्नो लुटिएको सम्पत्ति फिर्ता ल्याउने प्रयास भन्दै अन्धभक्त भएर समर्थन गर्छन्। जब जनताले कुनै खास समूहलाई आफ्नो दुखको कारण मान्न थाल्छन् तब तिनीहरुले शासकका स्वेच्छाचारी र असंवैधानिक कदमहरुलाई पनि आवश्यकता भन्दै समर्थन गर्न थाल्छन्। ट्रम्पले कमन सेन्स वा प्रोटेक्टिभ कमन सेन्सको नाममा जे गरिरहेका छन् त्यो वास्तवमा मानिसहरुको तर्क गर्ने क्षमतालाई नियन्त्रण गर्ने एउटा मनोवैज्ञानिक प्रपञ्च हो। यदि तपाईले मानिसहरुलाई यो विश्वास दिलाउन सक्नु भयो कि तपाईले जे बोलिरहनु भएको छ त्यही नै एकमात्र सत्य र कमन सेन्स हो भने तपाईंका आलोचकहरु स्वतः मुर्ख वा देशदरोही ठहरिन्छन्।
अर्को महत्वपूर्ण समानता भनेको प्रतिकुल संस्थाहरुको सफाई हो। हिटलरले सत्तामा आएपछि कर्मचारी तन्त्र संचार माध्यम र न्यायपालिकालाई आफ्नो नियन्त्रणमा लिएका थिए। ट्रम्पले पनि अमेरिकी कर्मचारी तन्त्रलाई दिप स्टेट भन्दै र स्वतन्त्र संस्थाहरुलाई अर्थहिन भन्दै लगातार प्रहार गर्दै आएका छन्। उनले ति व्यक्तिहरुलाई मात्र प्रशासनमा स्थान दिन्छन् जो उनको विचारधारा प्रति अन्धभक्त छन्। त्यस्तै संचार माध्यमलाई जनताको शत्रु भन्नु र आफ्ना व्यक्तिगत सामाजिक संजाललाई मात्र सूचनाको आधिकारिक स्रोत बनाउनु लोकतान्त्रिक सन्तुलनका संयन्त्रहरु कमजोर बन्दै गएको छ। मुसोलिनीले संचार माध्यमलाई आफ्नो प्रोपोगणडा मेसिन बनाए झै ट्रम्पले पनि एक किसिमको पर्सनालिटी कल्ट अर्थात व्यक्तिगत पुजामा विकास गरेका छन् जहाँ समर्थकहरु तथ्य भन्दा बढी नेताको छवि र शक्तिमा मा विश्वास गर्छन्। त्यसैले यी ऐतिहासिक तानाशाहहरुले जस्तै ट्रम्पले पनि तत्काल परिणामको प्रलोभन देखाएर लोकतान्त्रिक प्रक्रियालाई बाइपास गरिरहेका छन्। हिटलरले जर्मनीमा सडक र कल कारखानाहरु बनाएर सुरुमा लोकप्रियता कमाए जस्तै ट्रम्पले पनि भेनेजुएलाको तेल कब्जा गर्ने वा ट्यारिफ लगाएर अमेरिकी उद्योग बचाउने जस्ता इमिडिएट डेलिभरी देखाइरहेका छन्। तर इतिहासले सिकाएको एउटा कठोर पाठ के हो भने तानासा शाहीले सुरुमा आर्थिक रणनीतिक लाभ दिए जस्तो देखाए पनि यसको अन्त्य सधै महाविशमा गएर टुंगिन्छ। हिटलरको लिभिङ स्पेसको भोकले दोस्रो विश्वयुद्ध निम्त्याए जस्तै ट्रम्पको अमेरिकाका लागि मात्र भन्ने हर्टले विश्वलाई नयाँ सित युद्ध वा सिधा सैन्य टक्करको मोडमा पुर्याउन सक्छ। तीन साम्राज्यको उदय वर्तमान विश्व राजनीति अब बहुद्रवीयताबाट अघि बढेर तीन साम्राज्यको नयाँ र जटिल चरणमा प्रवेश गरेको छ सित युद्धको समयमा विश्व अमेरिका र सोभियत संगरि दुई ध्रुवमा बाडिएको थियो भने सन् १९९० पछि अमेरिकाको एकल प्रभुत्व रह्यो। तर डोनाल्ड ट्रम्पको आगमन र रुस चीनको बढ्दो सामरिक साझेदारीले विश्वलाई पुनः शक्ति सन्तुलनको नया मोडमा पुर्याएको छ। यस नया व्यवस्थामा अमेरिका रुस र चीन तीन वटा यस्ता केन्द्र बनेका छन् जसले आआफ्नो प्रभाव क्षेत्रको दाबी गरिरहेका छन्। ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा नीति मार्फत यो स्वीकार गरिसकेका छन् कि अब अमेरिकाले मात्रै विश्वलाई डिक्टेट गर्न सक्दैन। उनले रुसको सैन्य क्षमता र चीनको आर्थिक वृद्धिलाई ध्यानमा राख्दै एउटा यस्तो मौन सम्झौता तिर संकेत गरेका छन् जहाँ यी तीनवटै साम्राज्यहरुले एक अर्काको प्रमुख क्षेत्रमा हस्तक्षेप नगर्ने तर आफ्नो क्षेत्रमा भने पूर्ण प्रभुत्व जमाउने छन्। रुसको सन्दर्भमा ट्रम्पको दृष्टिकोण निकै फरक देखिएको छ। उनले युक्रेन युद्धका सम्बन्धमा देखाएको नरमपना र रुसलाई दिएको सहुलियतको संकेतले के स्पष्ट पार्छ भने ट्रम्प रुसलाई शत्रु मान्नु भन्दा पनि एउटा सहसाम्राज्यको रुपमा स्वीकार गर्न तयार छन्। यसको मुख्य कारण भविष्यको भूराजनीतिक आर्कटिक क्षेत्रबाट निर्देशित हुनु हो। आर्कटिकमा तेल ग्यास र नया व्यापारिक मार्गहरुको विशाल भण्डार छ जहाँ रुस सबैभन्दा शक्तिशाली पक्ष हो। ट्रम्पलाई थाहा छ कि रुसको यो भौगोलिक र उर्जागत श्रेष्ठतालाई चुनौती दिनु भन्दा उनीसँग एउटा रणनीतिक दुरी कायम राख्नुमा अमेरिकाको हेत छ। उनले युक्रेनको केही हिस्सा रुसलाई छोड्न सकिने सम्मको लचिलोपन देखाउनुले विश्वलाई तीन साम्राज्यको भागबण्डामा लैजाने उनको मनसाय पुष्टि गर्दछ। अर्को तर्फ चीनसँगको सम्बन्धमा ट्रम्पले आर्थिक राष्ट्रवादको सहारा लिएका छन्। वाइडेन प्रशासनको पालासम्म चीनलाई प्रमुख सैन्य खतराका रुपमा चित्रण गरिए पनि ट्रम्प ले आफ्नो पछिल्लो रणनीतिमा चीन प्रतिको कडा शब्दहरुलाई केही हद सम्म नरम बनाएका छन्। यो कुनै प्रेमका कारण नभई एउटा रणनीतिक चाल हो। ट्रम्प चाहन्छन् कि चीनसँग सिधा युद्धको जोखिम मोल्नु भन्दा पहिले अमेरिकाको आर्थिक र औद्योगिक शक्ति यति मजबुत होस् कि भविष्यमा चीनसँग डेल गर्दा अमेरिकाको हात सधै माथि परोस। उनले इन्डो प्यासिफिक रणनीतिमा चीनलाई घेर्ने कुरा गरे पनि भित्रभित्रै चीनसँग व्याप व्यापारिक शर्तहरुमा मोलमोलाई गरिरहेका छन् यो तीन साम्राज्यको अवधारणामा चिनलाई आर्थिक केन्द्र रुसलाई उर्जा र सैन्य केन्द्र र अमेरिकालाई वित्तीय एवं प्रविधिको केन्द्रको रुपमा हेरिएको छ। यस्तो व्यवस्थामा साना देशहरुले कुनै एउटा साम्राज्यको पक्ष लिनै पर्ने दबाब सिर्जना हुन्छ। अन्तत यो तीन साम्राज्यको उदयले साना र मध्यम स्तरका राष्ट्रहरुको सार्वभौमिकतालाई गम्भीर जोखिममा पारेको छ ट्रम्पको सोचमा अब साना देशहरुको स्वतन्त्र अस्तित्व भन्दा पनि उनीहरु कुन साम्राज्यको छत्रछायामा रहन्छन् भन्ने कुराले महत्व राख्छ। यसले वेस्टफालियन सार्वभौमिकताको सिद्धान्तलाई चुनौती दिदै विश्वलाई पुन १९औ शताब्दीको साम्राज्यवादी भागबण्डामा फर्काइदिएको छ। यदि यी तीन साम्राज्यहरु बीच स्वार्थ मिल्यो भने उनीहरुले मिलेर विश्वका स्रोतहरु बाड्ने छन् र यदि बाझियो भने विश्वले फेरी एउटा ठुलो विनाशकारी युद्धको सामना गर्नुपर्नेछ। तर ट्रम्पले अमेरिकालाई एकछत्र शक्तिशाली राष्ट्रको रुपमा होइन बरु त्रिध्रुवीय विश्वको सबैभन्दा चतुर र लाभग्राही साम्राज्य बनाउन खोजिरहेका छन्। ट्रम्पको लेनदेनको राजनीतिमा नेपाल डोनाल्ड ट्रम्पको उदयले विश्व राजनीतिमा एउटा यस्तो युगको सुरुवात गरेको छ जहाँ साना राष्ट्रहरुको सार्वभौमिकता र अन्तराष्ट्रिय कानुन केवल शब्दकोषमा मात्र सिमित भएका छन्। ट्रम्पका लागि कुटनीति कुनै सिद्धान्त होइन बरु एउटा व्यापारिक डिल मात्र हो। यस परिप्रेक्षमा नेपालको वर्तमान अवस्थालाई विश्लेषण गर्दा हामी एउटा अत्यन्तै जटिल र खतरनाक भूराजनीतिक सुरुङ भित्र प्रवेश गरेका छौ। ट्रम्पको अमेरिका फ्रस्ट नीतिले नेपाल जस्ता राष्ट्रलाई केवल एउटा रणनीतिक औजारको रुपमा मात्र हेर्छ जसको एकमात्र उद्देश्य दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई रोक्नु हो। नेपालका लागि सबैभन्दा पहिलो गम्भीर खतरा कित्ता काटको राजनीतिबाट सुरु हुन्छ। ट्रम्पले तिमी मेरो पक्षमा छौ कि शत्रुको भन्ने स्पष्ट रेखा कोरेका छन्। यस अघिका अमेरिकी प्रशासनहरुले नेपालको असमलग्न परराष्ट्र नीतिलाई केही हद सम्म सम्मान गर्थे तर ट्रम्पको पालामा नेपाल माथि अमेरिकी सैन्य र रणनीतिक स्वार्थ विशेष गरि एमसीसी र एसपीपीको विस्तारित स्वरुप स्वीकार्न चरम दबाब बढ्नेछ। यदि नेपालले चीनको बआरआई परियोजनालाई प्राथमिकता दियो वा अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिमा सहभागी हुन इन्कार गर्यो भने ट्रम्पले सिधै आर्थिक प्रतिबन्ध लगाउने वा विकास सहायता ठप्प पार्ने जस्ता दण्डात्मक कदमहरु चाल्न सक्छन्।

अब यहाँ तपाईंको मनमा जिज्ञासा लाग्न सक्छ यदि अमेरिकाले रुस र चीनको प्रभाव क्षेत्र स्वीकार गर्छ भने फेरी नेपालमा यो एमसीसी र एसपीपी लफडा किन निकाल्छ त ? यसको सिधा उत्तर हो बार्गेनिङ चिप ट्रम्पले नेपाललाई विकास गर्न होइन बरु चीनसँगको ठुलो सम्झौतामा आफुलाई बलियो बनाउन नेपालमा आफ्नो उपस्थिति देखाउन चाहन्छन्। ट्रम्पकै कारण नेपाललाई हुने दोस्रो ठुलो खतरा क्षेत्रीय शक्तिहरुको आक्रामकता हो। ट्रम्पले विश्वको प्रहरी बन्ने अमेरिकी भूमिकाबाट हात झिक्नुको अर्थ हो दक्षिण एसियामा भारत र चीनलाई खुल्ला मैदान छोडिदिनु। जब अमेरिकाले अन्तराष्ट्रिय मर्यादाको वास्ता गर्दैन तब क्षेत्रिय शक्तिहरुले पनि साना छिमेकीहरु माथि ले आफ्नो प्रभाव जमाउन उस्तै ट्रम्पको शैलीको प्रयोग गर्नेछन्। यसले नेपालको आन्तरिक राजनीति जलस्रोत र सिमा सुरक्षामा छिमेकीहरुको हस्तक्षेपलाई झनै सघन बनाउनेछ। ट्रम्पले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि नेपालको सार्वभौमिकतालाई कुनै पनि बेला ठुलो डिलमा वा बार्गेनिङ चिप बनाउन बेर लगाउने छैनन्। ट्रम्पका लागि नेपालको सार्वभौमिकता भन्दा अमेरिकाको व्यापारिक नाफा सँधै माथि हुन्छ। यो अवस्थामा नेपालको इतिहासकै सबैभन्दा जटिल र खतरनाक भूराजनीतिक मोड हो। ट्रम्पकै कारण निम्ति नै तेस्रो र दर्घकालिन खतरा पहिचान र अस्तित्वको संकट हो। ट्रम्पले जलवायु परिवर्तनलाई कोरा कल्पना मान्छन् यसको प्रत्यक्ष मार नेपालको हिमालयन इकोसिस्टममा पर्नेछ। विश्वका ठुला शक्तिहरुले कार्बन उत्सर्जन घटाउन छोड्दा नेपालका हिमालयहरु पग्लिनेछन् जसले गर्दा हाम्रो पानीको सुरक्षा र अस्तित्व नै समाप्त हुनेछ। ट्रम्पको युगमा नेपालले न त अन्तराष्ट्रिय मञचमा आफ्नो आवाज सुनाउन पाउनेछ न त कानुनी उपचार नै खोज्न सक्नेछ। नेपालका लागि ट्रम्पकालीन यो युग निकै भयानक हुनेछ। ट्रम्पको शक्ति नै सत्य हो भन्ने अहंकारले नेपालको भूमिमा प्रोक्सी झनै बढ्नेछ। यदि हामीले समयमै आफ्नो कुटनीतिक चातुर्यता प्रदर्शन गर्न सकेनौ र कुनै एक साम्राज्यको गोटी बन्यौ भने नेपालको इतिहासमा यो कालख खण्ड सार्वभौमिकता गुमाउने पहिलो खुड्किलो बन्न सक्छ। किनकि ट्रम्पको लेनदेनको राजनीतिमा साना देशको कुनै भावना हुँदैन त्यहाँ केवल नाफा र घाटाको हिसाब मात्र हुन्छ र अमेरिकाको त्यो हिसाबमा नेपाल सधै जोखिमपूर्ण अवस्थामा छ। यो बहस केवल डोनाल्ड ट्रम्प व्यक्ति वा अमेरिकी राजनीतिसम्म सिमित छैन। यो दोस्रो विश्वयुद्धपछि मानव सभ्यताले बनाएको नैतिक कानुनी र संस्थागत विश्व व्यवस्था को भविष्य बारे उठेको गहिरो प्रश्न हो। जब लोकतन्त्रको सबैभन्दा ठुलो दावेदार राष्ट्र स्वयं शक्ति नै सत्य हो भन्ने सिद्धान्त तर्फ उन्मुख हुन्छ तब लोकतन्त्र एक मूल्य होइन केवल शक्तिशालीले प्रयोग गर्ने आवरणमा झर्छ। ट्रम्प यस प्रवृद्धिको प्रतिक हुन् जहाँ निर्वाचन साधन बन्छ संस्थाहरु बाधा ठानिन्छन्, अन्तराष्ट्रिय कानुन कमजोरी मानिन्छ र साना राष्ट्रहरु सौदाको वस्तुमा रुपान्तरण हुन्छन्। इतिहासले स्पष्ट देखाइसकेको छ । लोकतन्त्र एकपटक भत्किन थालेपछि त्यसको पतन आकस्मिक होइन क्रमिक हुन्छ। सुरुमा शब्दहरु बदलिन्छन् त्यसपछि शत्रु परिभाषित गरिन्छ संस्थाहरु कमजोर पारिन्छन् र अन्तत जनताले नै आफ्ना अधिकार सत्तालाई सुम्पिन्छन्। आज विश्व त्यही खतरनाक मोडमा उभिएको छ। तीन साम्राज्यको उदयले शक्ति सन्तुलन होइन शक्ति भागबण्डालाई वैधता दिइरहेको छ जहाँ सार्वभौमिक होइन प्रभाव क्षेत्र निर्णायक बन्छ यस्तो विश्वमा न्याय कमजोरको लागि होइन बलियाको सुविधामा सिमित हुन्छ । नेपाल जस्ता साना राष्ट्रहरुका लागि यो समय इतिहासकै सबैभन्दा संवेदनशील परीक्षा हो।

