वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
कपिलवस्तुमा बसले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
Prabhu Bank AD

 

काठमाडौं । कपिलवस्तुमा गएराति बसको ठक्करबाट अटो रिक्सामा सवार दुई जनाको मृत्यु भएको छ।
शिवराज नगरपालिका–१ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रितेन्द्र सिंहले नेपालखबरलाई दिएको जानकारी अनुसार दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी पवित्रा सुनार तथा प्युठान घर भएका १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमै उपचार भइरहेको छ।

ठक्कर दिने बस र अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर