वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
मतदानपछि ओलीले सम्झिए सुखानीका सहिद र मृगौला प्रत्यारोपण (फागुन २१ गते)
Prabhu Bank AD

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मतदानपछि ‘नोस्टाल्जिक’ बनेका छन् । १४ वर्षको कठोर कारावासपछि जेल सार्ने बहानामा आफ्नो हत्या गरिन लाग्दा फागुन २१ गतेकै दिन मुत्युको मुखबाट फर्किएर आएको र ६ वर्षअघि आजकै दिन दोस्रो पटक मृगौला प्रत्यारोपण भएको उनले स्मरण गरेका हुन् ।

‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो’,ओलीको भनाइ छ, ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।’

यी दुवै दिनमा आफूले पुनर्जीवन पाएको ओलीको अनुभव छ । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा मतदान गरेपछि ओलीले सामाजिक सञ्जालमार्फत् सुखानी सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै थपेका छन्, ‘जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ।’

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले जित्ने विश्वास समेत व्यक्त गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर