वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
आज बेवारिसे अवस्थामा ३१७ किलोग्राम गाँजा बरामद
Prabhu Bank AD

 

काठमाडौं । सुनसरी जिल्लामा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट गरी कूल ३१७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो।

धरान उपमहानगरपालिका ४ स्थित कोसी लोक मार्गमा नियमित चेकजाँचका क्रममा सडक किनारमा बेवारिसे अवस्थामा राखिएका को ३० प ४५४४ र बा। ५१ प ५४१३ नम्बरका मोटरसाइकलमा लोड गरिएको ४९ किलोग्राम गाँजा फेला पारेको हो।

त्यसै गरी, धरान १७ स्थित जङ्गल क्षेत्रमै बोरामा प्याक गरी लुकाइ राखिएको थप २६८ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गाँजाको सम्बन्धमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ भने गरेको छैन।

उनीहरूको पहिचान तथा पक्राउ गर्न प्रहरीले आवश्यक अनुसन्धान र खोजतलास जारी राखेको जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर