वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
नेपाली चलचित्र जारी
Prabhu Bank AD

चलचित्र रिलिज भएकै दिन वैशाख १ गते राति सामाजिक सञ्जालमा फिल्म लिक भएको हो। १ घण्टा ४१ मिनेट लामो क्लिप लिक भएको हो।

लिक भएपछि त्यसलाई हटाउनेगरी निर्माण पक्षले काम गरिरहेको निर्देशक उपेन्द्र सुब्बाले नेपालखबरलाई बताए।

उनले चलचित्रको फुटेज सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै कानूनी प्रक्रियामा जाने जानकारी दिए।

नयाँ वर्षदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिन सुखद व्यापार गरेको थियो। पहिलो दिन आक्रामक व्यापार गरेको जारीले दोस्रो दिन पनि हल हाउसफुल देखिएको छ। समीक्षकहरूबीच राम्रो चर्चा पाइरहेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल र रोयदीपको मुख्य भूमिका छ।

चलचित्रको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। लिम्बू समुदायमा विद्यमान जारी प्रथा, विवाह संस्कृति र पारिवारिक कथावस्तु चलचित्रमा देखाइएको छ।

हाँसो र आँसुलाई काव्यात्मक ढंगमा पेश गरिएको चलचित्रमा सम्बन्धमा आउने दरार र पितृसत्तात्मक समाजमा नारीले भोग्नुपर्ने उत्पीडनलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर