वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
सुदूरपश्चिमका मुख्यमन्त्रीमा छटपटी, विश्वासको मतको खोजी
Prabhu Bank AD

 

काडमाडौं। सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो ।

यहीबीचमा नागरिक उन्मुक्ति पार्टीको विषयमा छलफल गर्न मुख्यमन्त्री रावल काठमाडौँ आइपुगेका छन् । शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री र नागरिक उन्मुक्तिसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेको छ ।

एमाले सचिव लेखराज भट्ट, पूर्वमन्त्री झपट बोहरालगायतसमेत सम्मिलित टोलीले संयुक्त रुपमा बालकोटमा गरेको सोसंवादलाई अर्थपूर्ण रुपमा लिइएको छ ।मुख्यत: टीकापुर घटना मुद्दाको निकास र नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिने सवालमा सो भेटघाट र संवाद केन्द्रित रहेको एक नेताले बताए । यस्तै टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटघाट गर्ने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत जेलबन्दीको रिहाइ नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान राख्दै आएको छ । मुख्यमन्त्री रावल नेतृत्वको सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले समर्थन जनाइरहँदा सरकारले माघ माहिनाभित्रै रिहाइ गर्ने वचनबद्धता जाहेर गरेको थियो । आफ्नो सो पूर्ववत अडान र सरकारले दिएको आश्वासन कार्यान्वयनको लागि दवाव स्वरुप सो संसदीय टोलीले भेटघाटलाई तीव्र बनाएको हो ।

ओलीसँगको भेटवार्ता सकारात्मक रहेको बताउँदै नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले भने, ‘मुद्दा सम्बोधनबारे बालकोटको धारणा एकदमै सकारात्मक छ । हामी आशावादी पनि छौ । सोही अनुसार हामी पनि हेर र पर्खको अवस्थामा छौ ।’

कानुनी जटिलताका कारण तत्काल महिना दिनभित्रै रेशम चौधरीको रिहाइ प्रक्रिया सम्भव नभएकाले मुख्यमन्त्री रावल झस्किएका छन् । जुनकारण मुद्दा किनारा नलागेसम्म उन्मुक्तिको विश्वासको मत पाउनेमा उनी पूर्ण विश्वस्त छैनन् । उनी विश्वासको मत बटुल्न हरसम्भव प्रयत्नमा छन् ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त रावलले ३० भित्रै प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । उनी सकेसम्म माघ ११ गतेको प्रदेश सभा बैठकमा प्रस्ताव पेश गर्ने र माघ १७ गते विश्वासको मत लिने तयारीमा छन् । तर बहुमत सदस्यको विश्वासको मत पाउनेमा पूर्णमा रुपमा ढुक्क नभएपछि उनले यो बीचमा काठमाडौं केन्द्रित राजनीतिक भेटघाट बढाएका हुन् ।

बालकोटमा भएको छलफलमा सहभागी पूर्वमन्त्री तथा एमाले नेता झपट बोहराले भने, उहाँहरु रेशम पक्षले पूर्वमाननीय रेशम चौधरीको रिहाइ के कस्तो कुराले रोकिएहो हो भनेर चिन्ता र चासो राख्नु भएको छ । विश्वासको वातावरण खोज्नुभएको छ । अहिलेको संसदीय अभ्यास हेर्दा ३ महिना अगाडि कानुन बन्ने सम्भावना देखिँदैन । बनिहाल्यो भने राम्रो हो । पूर्ववर्ती शेरबहादुर देउवा सकारले रिहाइसम्बन्धी विधेयक ल्याएको थियो । सो विधेयकबारे अध्ययन गर्नुपर्ने होला । प्रचलित कानुनसँग बाझिएको छ, छैन हेर्नुपर्ने हुन्छ । कतै सुधार गर्नुपर्ने छ कि रु उहाँहरुको पार्टीभित्रको आन्तरिक कुरा हुन सक्छ । तर गठबन्धनमा गइसकेपछि गठबन्धनको आवश्यकता अनुसार सहयोग गर्नुपर्ने रहन्छ ।’

तराई–मधेस आन्दोलनबारे पूर्वन्यायधीश गिरिश चन्द्रलालको संयोजकत्वमा गठित छानविन प्रतिवेदनबारे समेत बालकोटमा छलफल भएको छ । तर सो छलफलमा प्रतिवेदनमाथि नै संशययुक्त कुरा आएको एक नेताले रातोपाटीलाई बताए । सो प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्नेबारे एमाले अध्यक्ष ओलीको स्पष्ट धारणा नआएको बताइएको छ ।

पूर्वमन्त्री बोहराले भने, त्यो प्रतिवेदन त सरकारलाई बुझाइसकेपछि सुझावको रुपमा आएको हो । प्रतिवेदनले त निर्देशन दिन सक्दैन । प्रतिवेदनले त घटनाको सत्यतथ्य उजागर गर्ने हो । सरकारले चाहेको अवस्थामा प्रकाशित गर्न सक्छ । सरकारले अध्ययन गर्नुपर्ने हुन सक्छ । प्रतिवेदनमा सम्प्रादयिकता भड्किने, बैमानश्यता बढ्ने, सत्यतत्य कुराको पुष्टि नहुने खालको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर