वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
तातोपानी नाका, भृकुटी मार्ग र मितेरी पुलको महत्व
Prabhu Bank AD

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी पुलको महत्वलाई यो सरकारले राम्रोसँग बुझेको बताएका छन् ।

संसदमा बोल्दै सापकोटाले तातोपानी नाकालाई पूर्ण रुपमा सुचारु गर्ने वातावरण बनाउन माग गरेका छन् । यस्तै बैठकमा सापकोटाले लिखित रुपमा यसरी राखेका थिए ।

सभामुख महोदय,
पोखरा विमान दुर्घटनामा परि निधन हुनुभएका सबै महानुभावहरुका प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकमा रहनु भएका सबै आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।
संघीय संसद प्रतिनिधि सभाको आजको यस ऐतिहासिक बैठकमा सहभागि भएर हाम्रो पार्टीका तर्फबाट धारणा राख्न पाउँदा गर्भानुभूति भएको छ । संघीय सांसदका रुपमा म आज पहिलो पटक उभिएर सम्बोधन गर्दै छु । यस अवसरमा सर्बप्रथम मलाई निर्वाचित गराउनु हुने सिन्धुपाल्चोक क्षेत्र नं १ का आदरणीय मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्थामा ल्याइपुर्याउन जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोल लगायतका विविध संघर्षका क्रममा जीवन आहूति दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति ससम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइेत, अपांग, बेपत्ता योद्धाहरुको योगदानको उच्च कदर गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
यहि संसदबाट अभूतपूर्व, ऐतिहासिक विश्वासको मतका साथ हाम्रो पार्टीका स्रद्धेय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्माननीय प्रधानन्त्रीका रुपमा सरकारको नेतृत्व गरिरहनु भएको छ । जनचाहना अनुसार गठित यस सरकारले लिएको गतिले आशावादी बनाएको छ । यद्यपी वर्तमान अर्थतन्त्रमा व्यापक सुधारको खाँचो छ ।

जनअपेक्षा अनुसार काम गर्न, युवा पुस्तालाई आशावादी बनाउँदै देशको समग्र विकास र समृद्धिका लागि मजवुत अर्थतन्त्र आजको अनिवार्य आवश्यकता हो । सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रतिनिधिका रुपमा यस सर्बोच्च जनप्रतिधि संस्थामा उभिएर बोलिरहँदा मैले छिमेकी चीनसँगको व्यापारिक तातोपानी नाकाबाट आयात निर्यातलाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा सिन्धुपाल्चोकका साथै देशको अर्थतन्त्रमा दरिलो सहयोग हुने विषय यस सदन र सरकारको प्राथमिकतामा पर्ने छ भन्ने विश्वास लिएको छु । ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी पुलको महत्वलाई यो सरकारले राम्ररी बुझेको छ भन्नेमा म पूर्ण विश्वस्त रहेको छु । ।

सभामुख महोदय,
आजको बैठकमा हामी संघीय संसदको नेतृत्व, सभामुख निर्वाचित गर्दै छौं । संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो । सभामुखले त्यसको नेतृत्व लिनु हुने छ । सभामुख जस्तो गरिमामय पदमा सर्वसम्मतका ढंगले निर्णय लिन सक्दा राम्रो सन्देश जाने थियो । यद्यपी प्रक्रिया अघि बढिसकेको छ ।
हाम्रो पार्टीका नेपाल कम्युष्टि पार्टी माओवादी केन्द्रका तर्फबाट म यस सभाका सदस्य, सभामुख पदका उम्मेदवार परिपक्व नेता माननीय देवराज घिमिरेका पक्षमा मतदात गरि निर्वाचित गरिदिनु हुन यस सभाका सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक अपिल गर्दछु । धन्यवाद । लालसलाम ।

Prabhu Bank AD

सम्बन्धित खवर