लहान, सिरहा । सिरहाको लहान नपा-५ मा श्रीमान् र छोरा करारमा रहेकै बेला किसनवती यादवको उपचार अभावले मृत्यु भएपछि लहान नपाका मेयर महेश चौधरीले ती परिवारलाई राहत दिएका छन् । कसनवतीको ५० वर्षको उमेरमा गत शुक्रबार राती ९ बजे मृत्यु भएको थियो । दाहसंस्कारमा भने प्रहरीको रोहवरमा कारागारमा रहेका श्रीमान् रामदेव यादव र छोरा रामशंकर यादव सहभागी भएका थिए ।
मेयर चौधरीले ती गरिब परिवारलाई तत्काल २० केजी चामल, दाल, तेल, चार वटा ब्ल्यांकेट र ४ क्वीन्टल दाउरा दिएका छन् भने घर निर्माणका लागि जस्तापाता र बाँस लगायत आवश्यक सहयोग गर्ने बताएका छन् । ५५ वर्षीय रामदेव यादव र छोर वर्ष २५ को दिपेन्द्र यादवको गतवर्ष भदौ ३ गते लागु ओषधमा पक्राउ परेको थियो ।

