वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
दलित वस्तीमा जागरणको न्यानो कपडा वितरण
Prabhu Bank AD

सप्तरी १३ पुस । दलित वस्तीमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले न्यानो ब्ल्यांकेट वितरण गरेको छ ।

सप्तरीको खडक नगरपालिका वडा नम्बर -४ को अमहा टोलका करिब सय घरपरिवारलाई न्यानो कपडा वितरण गरेको स्थानीय बबिता सदाले जानकारी दिएका छन् । गाउँका अधिकांश दलित र केही थारु मुस्लिम समुदायमा रहेका नितान्त गरिब परिवारलाई समेत न्यानो कपडा वितरण भएको जागरण अभियानका स्थानीय अगुवा सचिन सदाले बताएका छन् ।

वितरणमा जागरणका केन्द्रीय अध्यक्ष राजदेव रामको समेत उपस्थित रहेको खडक नगरपालिका जागरण सचिव चन्द्र नारायण रामले जनाएको छ । उनले थपे, न्यानो कपडा लाउन नपाएर गरिब दलित बस्तीमा हरेक वर्ष जाडोमा ज्यान गुमाउनुपरेको कारण जागरणको व्यक्तिगत पहलमा कपडा वितरण भएको र थप पहल गरेर अझै वितरण गर्ने लक्ष्य लिएको बताए । वितरणमा पार्वती चौधरी, भुपेन्द्र राम,श्यामसुन्दर रामको समेत उपस्थिति रहेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर