वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
सप्तरी ४ मा काँग्रेसका तेजुलाल चौधरीको प्रभाव बलियो
Prabhu Bank AD

राजविराज, १० बिहीबार । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभामा नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीको चुनावी प्रभाव बलियो देखिएको छ । सरकार पक्षीय पाच दलीय गठबन्धनबाट प्रतिनिधिसभाका साझा उमेदवारको रुपमा रहेका चौधरी शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्यउँदै आएका छन् । गरिबी जीवनबाट प्रेरित भएर शैक्षिक क्षेत्रबाट आफ्नो पहिचान र पारिवारिक अवस्था सुधार गर्न सफल पात्रको रुपमा समाजमा चिनिएका छन् । त्यस्तै यसअघि दुईपटक चुनाव जितेका पात्र पनि हुन् । यो चुनाव उसको लागि तेस्रो हुनेछ । यस्तै प्रदेश (ख) मा काँग्रेसकै इन्द्रदेव यादव नयाँ उमेदवारका रुपमा छन् ।

गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेकपा एमालेबाट पार्टी फुटाएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट गोविन्द बहादुर न्यौपाने उमेदवार छन् । न्यौपाने यसअघि निर्वाचित प्रदेश सांसद समेत हुन् । माधव नेपालको चर्को दबावले उसले गठबन्धनको हिसाबले टिकेट पाएका हुन् । तर उसको चुनावी अवस्था निकै कम्जोर रहेको देवानन्द चौधरीको तर्क रहेको छ । उसले भने, न्यौपाने मधेसी दलित (चौवनियाँ इतर) पक्षबाट चुनाव जितेका थिए । यसपटक त्यो इतर समुदायको पक्षबाट बलियो उमेदवारहरु चुनाव लडेको कारण सबैले आफ्नोलाई नै भोट दिने माहोल सृजना भएपछि न्यौपानेको अवस्था कम्जोर देखिएको बताए । यतिबेला सबैतिर स्वतन्त्र उमेदवारहरु जित्ने प्रवल सम्भावना बढेर गएको नबुद मियाँले बताए । त्यसैले कतै गठबन्धन जित्ने कतै हार्ने भएको हुँदा । न्यौपानेको मेहनत बढे अगाडि हुने पनि बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर