वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
बिर्तामोडमा ठूलो परिमाणको लागुऔषध बरामद, कारोबारमा एमाले नेताको संलग्नता
Prabhu Bank AD

प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ, जसले एमाले नेताको निर्देशनमा काम गरेको बताएका छन्।
प्रहरीले घटनाको मुख्य नाइके भनिएका एमाले नेतालाई पक्राउ गर्न सकेको छैन, तर उनको खोजी भइरहेको छ।
विराटनगर । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । यति ठुलो लागूऔषध कारोबारमा भने एमालेका एक स्थानीय नेताकै संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेले आफूले स्थानीय भानुभक्त खरेलको निर्देशनमा सो काम गरेको बताएका छन् । खरेल नेकपा एमालेका नेता हुन् । उनलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

प्रहरीले घिमिरेको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख ३ हजार ८ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको छ ।घटनाको प्रहरीले शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तर, कारोबारमा संलग्न मुख्य नाइके भनिएका भानुभक्त खरेल भने पक्राउ गर्न नसकेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।‘उनको भानुभक्त खरेलको खोजी भइरहेको छ । अनुसन्धान गर्दै जाँदा उनीबाटै यो परिणामका लागू औषध भित्रिएको देखिन्छ,’ श्रेष्ठले भने, ‘अघि पत्रकार सम्मेलन गर्दासम्म को को संलग्न छन् भनेर भनिएको थिएन । अब लगभग उहाँको संलग्नता देखिएको छ । खुलेको अवस्था छ ।’

खरेल बिर्तामोडका औषधी व्यवसायी हुन् । उनले सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्छन् । उनी एमाले झापाका सक्रिय स्थानीय नेता पनि हुन् ।

प्रहरीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका–५ स्थित मंगलदीप टोलमा मनकुमार संग्रौलाको घरमा छापा हानेर उक्त लागुऔषध बरामद गरेको थियो । घरको दुईवटा कोठा भाडामा लिएर प्रतिबन्धित लागुऔषध भण्डारण गरिएको थियो । प्रहरीले पक्राउ गरेको घिमिरेलाई मात्र सार्वजनिक गरेको छ । उक्त घर पनि खरेलले नै भाडामा लिएका थिए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर