वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
कोदालो प्रहार गरी बुबा र छिमेकीको हत्या
Prabhu Bank AD

 

काठमाडौ । सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारूले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सुनवलमा २७ वर्षीय हेमराज थारूले आफ्नै बुबा र छिमेकीलाई कोदालो प्रहार गरी हत्या गरेका छन् । प्रहरीले घटनाको कारण खुल्न नसकेको र हेमराजलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

घटनाको अनुसन्धान जारी रहेको र हेमराज थारूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको पौडेलले जानकारी दिए । हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर