
उमेरले ८२ बसन्त पार गरिसकेको एउटा वृद्ध व्यक्तिले के गर्दाे हो ? घरैमा छोराबुहारी या छोरीको साहरामा बस्ने, लौरो टेकेर भित्र बाहिरसम्म गर्ने र अरुले दिएको जे जस्तो मिठो मसिनो खाने । धेरैजसोका पाको उमेर यसैगरि बितेको देख्न सकिन्छ । प्राय मानिसहरू उमेरिदै जाँदा केहीन केही स्वास्थ्य समस्याले ग्रसित हुन सक्छन् र अरुको साहाराको आवश्यक्ता पर्दछ ।
पाको मान्छेले शारीरिक अप्ठ्यारो, आर्थिक चिन्ता र सामाजिक वितृष्णा भइरहेको गुनासो गरेको पनि सुनिने गर्दछ । यस्तो उमेरमा साथीभाइ र दामली भेट्नुजस्तो औषधि केही छैन भनि धेरैले भन्ने गर्दछन् । अरुको सहयोग र सहरामा बाँकी व्यतित गर्नुपर्ने बुढ्यौली उमेरमा सिरहाको लहान नगरपालिका—२३ का विश्वनाथ प्रसाद गुप्ताको भने ८२ वर्षको उमेरमा पनि समाजसेवामा उत्तिकै समर्पित भई विपन्न तथा गरिवको साहरा बनिरहन्ुभएको छ ।
सामाजिक सेवामा समर्पित गुप्ताले कहिले सार्वजनिक मन्दिर, चौतारा निर्माणमा आर्थिक सहयोग गर्ने त कहिले दिन दःुखि गरिवलाई न्यानो कपडा वितरण गर्ने जस्ता कार्य निरन्तर गर्दै आउनुभएको छ । आइतबार लहान नगरपालिका—२३ गढिया स्थित शिव मन्दिरको प्राङ्गणमा एक सय ८७ जना विधुवा महिला तथा ५१ जना अपाङ्गता भएका व्यक्ति गरि जम्मा दुई सय ३८ जनालाई उहाँले आफ्नो निजी आर्थिक सहयोगमा न्यानो कम्बल र खाजा वितरण गर्नुभयो ।
करिव आठ विघा खेतमा खेती गरिए वापत ठेक्काबाट प्राप्त हुने रकमको केही अंश तथा आफ्नो सामाजिक सुरक्षा भत्ता बापत प्राप्त हुने रकमबाट विगत छ वर्षदेखि निरन्तर सामाजिक सेवामा समर्पित गुप्ता आँफुलाई यस प्रकारको कर्मबाट खुसी मिल्ने बताउँनुहुन्छ । “मेरो यो सेवाभावमा न कुनै स्वार्थ छ न कुनै छलकपट । डाँडा माथिको जुन भैसकियो, यो उमेरमा अरुको लागि सेवा गरेर पुन्य कमाउँन मन छ” कम्बल वितरण पछि हर्षित हुँदै गुप्ताले भन्नुभयो,“विगत ६ वर्षदेखि निरन्तर केही न केही यहाँका गरिव तथा निमुखालाई सहयोग गरिरहेको छु । मरेर लानु के छ र हजुर ! अव भएको सम्पत्तिले यसरिनै दिन दुःखिको सेवा गर्नपाए आनन्दले स्वर्गमा जाने थिए ।”
न्याने कम्बल पाएपछि नथुनी सहनीले खुसि व्यक्त गर्र्नुभयो । उहाँले भन्नुभयो,“जाडोमा अलिकति भएपनि आत ढाक्न पाइने भयो । हामी गरिव मान्छे कहाँबाट पैसा पाउँनु र भनेजस्तो ओढ्ने र ओछ्याउने हुनु ?” सहनी जस्तै जुगेश्वर सहनीले आफ्नो खुुिस बाड्दै भन्नुभयो,“स्थानीय सरकारले अहिले सम्म यो जाडोमा एक थान न्यानो कपडा दिएर राहत दिन सकेको थिएन । एक व्यक्ति (विश्वनाथ प्रसाद गुप्ता)ले खुसि थप्नु भयो । यो नै गाउँबासीका लागि खुसिको विषय हो । उहाँले यो जाडो समयमा दिएको साथ कहिले विर्षने छैनौँ ।”
आर्थिक रुपले विपन्न व्यक्तिको औषधी उपचारार्थ सहयोग तथा विहेवारी हुदाँ समेत गुप्ताले सकेको सहयोग गर्ने गरेको बताउँनुहुन्छ । राजनीति भित्र छलकपट र स्वार्थ लुकेको हुने र त्यसले आँफु राजनीतिमा आकर्षित हुँन नसकेको उहाँको बुझाई रहेको छ । लामो समयदेखि प्यारालाईसिसबाट श्रीमती कृष्णदेवी गुप्ताको नियमित उपचार गराउँदै आउनुभएका उहाँको तीन छोरा र एक छोरी रहेका छन् ।
समाज सेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि बुवाको महत्वपूर्ण योगदान रहेको जेठो छोरा सन्तोष कुमार गुप्ताको भनाई रहेको छ । “यो उमेरमा बुवाको सामाजिक गतिबिधि र सम्बन्ध देख्दा किशोरकिशोरी र वयस्कहरू ईष्र्या गर्ने अवस्था पनि हुनसक्छ । समाजमा उहाँको ठुलो मान, सम्मान र इज्जत छ । छोरा छोरी भएकाले हामीलाई उहाँको कर्मबाट खुसि र सन्तुष्टि मिलेको छ ।”
गुप्ता परिवारबाट समाजका अरु व्यक्ति तथा विशेषगरि राजनीतिकर्मी एवम् जनप्रतिनिधिले सामाजिक सेवामा समर्पित भई पाठ सिक्नुपर्ने बताउँनुहुन्छ स्थानीय पत्रकार बिरेन्द्र नेपाल । ८२ वर्षिय गुप्ताको सरहना गर्दै उहाँले भन्नुभयो,“पाको उमेर समाजको गहना हो । तपाइँका हरेक काम तपाइँ आफूमात्र होइन समाजलाईनै उपयोगी भई आनन्ददायक बन्नु पर्छ ।”

