वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
एम्बाप्पेको पाँच गोल पछि पीएसजीको जित
Prabhu Bank AD

केलियन एम्बाप्पे एक्लैले पाँच गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । त्यस्तै नेयमार र कार्लोस सोलेरले एक–एक गोल गरे । पीएसजीका लागि एम्बाप्पेले खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको नेयमारले ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । एम्बाप्पले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता ३–० को बनाए ।

खेलको ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । एमबाप्पेले खेलको ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५–० गोलको अग्रता दिलाए । कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गर्दै टिमलाई ६–० गोलको अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई ७–० गोलको जित दिलाए ।

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर