वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त
Prabhu Bank AD

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ ९क्यान०ले सोमबार भारतीय क्रिकेट टोलीका पूर्वअलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

प्रभाकरले यसअघि अफगानिस्तान क्रिकेट टोली हेरिसकेका छन्। यस्तै रणजी ट्रफी विजेता टोली देल्ली, राजस्थान र युपी क्रिकेट संघको प्रशिक्षण सम्हालिसकेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले भने, ‘नेपाली क्रिकेटलाई हेरिरहेको छु, खेलाडीको प्रतिभा र क्षमतालाई हेरेर नेपाली क्रिकेट बलियो बनाउनका लागि काम गर्न उत्सुक छु।’

प्रभाकरले भारतिय टोलीकाट ३९ टेष्ट खेलमा ९६ विकेट लिएका छन्। यस्तै १३० एक दिवसीय खेलमा १ सय ५७ विकेट झारेका छन्। प्रभाकर दायाँ हाते ब्याटर तथा मिडियम फास्ट बलर हुन्।

Prabhu Bank AD

सम्बन्धित खवर