वि.सं.२०८३ जेठ १० आइतवार
Dish Home Long Ad
विश्वकप लिग –२ मा नेपालको लगातार तेस्रो हार
Prabhu Bank AD

 

 

आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।

शनिबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले १ सय २३ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्स उकासेका थिए।

साइतेजा मुक्कमल्लले सर्वाधिक ७५ रन बनाउँदा करण केसीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। उनले १ सय १ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

मिलिन्द कुमारले ६६ बलमा ७ चौका र १ छक्का सहयोगमा ७० रन बनाउँदा सन्दीप लामिछानेको बलमा भीम सार्कीको हातबाट क्याच आउट हुन पुगे।
सयान जहानजिरले ३६ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट हुन पुगे। कप्तान मोनांक पटेलले २१ रन बनाउँदा नन्दन यादवको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए। ओपनर स्मिथ पटेल १६ रनमा गुल्सन झाको बलमा एलबीडब्लु आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। नन्दन यादव, करण केसी र गुल्सन झाले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि युएईको दुबईस्थित आइसीसी एकेडेमीमा भएको खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल एक बल अगावै २ सय ७१ रन बनाउँदा अलआउट हुन पुग्यो।

नेपालका लागि अलराउण्डर दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। रण केसीले ४९ रन थपे। कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहित पौडेलले ३६ रन थपे।

अमेरिकाका लागि हरमित सिंहले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २ विकेट झारे। जसदीप सिंह, शुभम रजानेले समान एक विकेट लिए।

सिरिजको आफ्नो चौथो खेलमा नेपालले बुधबार युएईविरुद्ध खेल्नेछ। यूएईसँगको पहिलो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय