काठमाडौं, असोज १२ गते। नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान, खेलकौशलको विकास तथा राष्ट्रिय रअन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सोमबार ललितपुरकोलगनखेलस्थित खेल मैदानमा सुरु भएको छ।
वि.सं. २०६५ सालदेखि सञ्चालन हुँदै आएको प्रधान सेनापति ट्रफी नेपाली सेनाको खेलकुद गतिविधिको महत्वपूर्ण प्रतियोगिताकारूपमा रहँदै आएको छ। यस वर्ष प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठविधामा प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगितामा नेपाली सेनाका विभिन्न पृतना तथा बाहिनीबाट विभिन्न ७७ वटै जिल्लाका गण तथा गुल्म तहबाट छनौट भएकाप्रतिभावान खेलाडीहरु सहभागी भएका छन्। सहभागी सैनिक खेलाडीहरूले विभिन्न खेल विधामार्फत आफ्नो शारीरिक क्षमता, अनुशासन, लगनशीलता र खेलकौशल प्रदर्शन गर्नेछन्।
नेपाली सेनाको खेलकुद यात्रा लामो समयदेखि सैनिक अनुशासन, शारीरिक तन्दुरुस्ती र प्रतिस्पर्धात्मक भावनासँग जोडिँदै आएको छ।सेनाले विभिन्न खेल विधामा खेलाडीलाई प्रशिक्षण र अवसर प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालीखेलाडीको सहभागिताका लागि आधार तयार गर्दै आएको छ।
यसै खेलकुद परम्परामा ५ प्यारा लगायतका सैनिक इकाइहरूले समेत शारीरिक क्षमता, अनुशासन, साहस र टोलीगत समन्वयलाईविशेष महत्व दिँदै आएका छन्। सैनिक सेवामा आवश्यक शारीरिक सुदृढता र खेलकुदबीचको सम्बन्धलाई बलियो बनाउँदै यस्ताअभ्यासले नेपाली सेनाभित्र खेल संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएको देखिन्छ।
प्रधान सेनापति ट्रफीले सैनिक खेलाडीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै प्रतिभाको पहिचान र क्षमता अभिवृद्धिकोअवसर प्रदान गर्दै आएको छ। प्रतियोगिताले खेलाडीमा अनुशासन, आत्मविश्वास, टोलीगत भावना र खेलभावना विकास गर्नसमेतमहत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विभिन्न पृतना तथा बाहिनीबाट आएका टोलीबीच आठ खेल विधामा हुने प्रतिस्पर्धाले यस वर्षको प्रधान सेनापति ट्रफीलाई थपउत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। सैनिक खेलकुदमार्फत प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्दै राष्ट्रिय खेलकुदको विकासमायोगदान पुर्याउने उद्देश्यमा प्रतियोगिता केन्द्रित रहेको छ।


