वि.सं.२०८३ साउन २५ सोमवार
Dish Home Long Ad
अन्तिम खेलमा रोकियो रियल
Prabhu Bank AD

 

उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए ।

तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि गोल गर्न सकेनन् । खेलमा रियलले तीनवटा प्रहार विपक्षीको पोस्टमा गरेको थियो । रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो ।

 

Prabhu Bank AD

सम्बन्धित खवर