वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
बेलद्वारा सन्यास घोषणा
Prabhu Bank AD

ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । वेल्सका कप्तान तथा फरवार्ड बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालबाट सन्यासको घोषणा गरेका हुन् । उनले क्लब तथा राष्ट्रका लागि फुटबल करियरबाट सन्यास लिएको बताएका छन् ।

‘मैले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गर्दछु’, उनले सामाजिक सञ्जालमा भनेका छन् । बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।

साउथ ह्याम्पटनबाट व्यवसायिक फुटबलको थालनी गरेका बेलले टोटेनहम र रियल मड्रिडबाट खेल्दै पछिल्लो पटक अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलेका थिए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर