वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
रामेछाप बस दुर्घटना ११ जनाको उद्धार, ६ जनाको मृत्यु
Prabhu Bank AD

 

 

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये ६ जनाको मृत्यु भएको छ । उनीहरु बेहोस अवस्थामा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उद्धार गरिएका बिरामीहरुलाई मन्थली र फुर्कोट अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टले बताए ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३(०१(९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि

खटिएको छ

Prabhu Bank AD

सम्बन्धित खवर